ऋणको पासो : गरिबीबाट आफूलाई मुक्त गर्ने नेपाली आप्रवासीहरूको प्रयासलाई अवमुल्यन गर्दै व्यवसायी र सरकार

“हाम्रो जिल्लामा एजेन्टहरूले मानिसहरूलाई ठगी गरेको दैनिक देखिन्छ । यो व्यवसायमा संलग्न व्यक्तिहरू श्रमिकहरूलाई ऋण लिएर भएपनि धेरै शुल्क
तिरेपछि विदेशमा बढी तलब आउने रोजगारी पाइन्छ भन्ने कुरामा आश्वस्त गराउँदै प्रगति गरेको देखिन्छ । तर जब कुरा गलत सावित हुन्छन् र
श्रमिकहरू एजेन्टले वाचा गरे अनुसारको तलब नपाइ फर्कन्छन्, परिवारमाथि  ठूलो ऋणको बोझ आइपर्छ । यसरी गरिबीको दुष्चक्रले निरन्तरता पाइरहन्छ
।”

–आप्रवासी अधिकार अभियन्ता, सप्तरी, नेपाल

विदेशमा रोजगारीका लागि गरिबलाई पैसा तिराउने कार्य सामान्य तर्क भन्दा बाहिरको कुरा हो । तथापि कामका लागि ठूलो सङ्ख्यामा नागरिकहरू बाहिर
जाने अन्य धेरै देशहरूमा जस्तै नेपालमा पनि यो सामान्य अभ्यासका रुपमा प्रचलित छ । विचौलिया, विदेशी रोजगारदाता, गन्तव्य मुलुकका सरकार र
नेपाल सरकारले पनि लिने गरेको वैधानिक र अवैधानिक शुल्कका रुपमा आप्रवासी श्रमिकहरूले लाखौं रुपिया तिर्ने गर्छन्, र त्यसले मानवअधिकारको
दृष्टिकोणले ठूलो प्रभाव पार्ने गरेको छ ।
यो वर्ष एम्नेस्टी इन्टरनेसनलको प्रतिवेदन मानिसलाई मुनाफामा परिणत गरिँदै (Turing people into profit )ले आप्रवासन ऋणले नेपाली आप्रवासी र  उनीहरूका परिवारको जीवनमाथि कसरी घातक प्रभाव पारिरहेको छ भन्ने कुरा देखायो । यस्ता ठूलो ऋणले रोजगारको खोजीमा रहेका व्यक्तिलाई बंधुवा मजदुरका रुपमा परिणत गरिदिन्छ, र वैदेशिक रोजगारीका क्रममा उनीहरू सजिलै शोषित हुन पुग्छन्।

Click here for full article 



Leave a Reply