डा. दिनेश पौडेल बाग्मती प्रदेशको विकास परिषद् सदस्य हुनुहुन्छ । वहा“ले अमेरिकाको मिनसवोटा विश्वविद्यालयबाट मानव भूगोल विषयमा विद्यावारिधि गर्नुभएको हो । वहाँ अमेरिकाको नर्थ क्यारोइलाना राज्यको अपालासियन स्टेट विश्वविद्यालयको दिगो विकास विभागमा प्राध्यापकका रूपमा समेत कार्यरत हुनुहुन्छ । साथै वहाँ नेपालका विभिन्न संघसंस्थाहरूमा विज्ञका रूपमा सेवा प्रदान गरिरहनुभएको छ । हाल वहाँ हिमालय क्षेत्रमा आत्मनिर्भर अर्थतन्त्र निर्माणका विषयमा अध्यन अनुसन्धान गरिरहनुभएको छ । नीतिगत तहमै आधारभूत पूर्वाधारहरुमा राज्यको नियन्त्रण हुने र जसले गर्दा जनताको प्रत्यक्ष पहुँच हुने संरचनाहरु निर्माण गर्ने नीति र त्यसैअनुसारका कानूनहरु बनाउनुपर्छ ।
विश्वमा व्याप्त आर्थिक, राजनीतिक र वातावरणीय क्षेत्रमा परेका विभिन्न प्रभावहरुले कुनै न कुनै ढङ्गका महामारी अब निरन्तर हुन्छन् भन्ने कुराहरु केही वर्षदेखि नै मानिसहरुले भनी नै रहेका थिए । यो महामारी एउटा सुरुवात मात्र हो । यसले दुईवटा काम गरेको छ । पहिलो, यसले हामीलाई सचेत बनायो र दोस्रो, यसले विश्वव्यापीकरण भएको अर्थतन्त्रलाई केही सानातिना अर्थतन्त्रमा विभाजन गर्ने र समुदायमा, राष्ट्रमा केन्द्रित भएको अर्थतन्त्रलाई बढाउने प्रयत्न गराउँछ । यसो हुनाले आर्थिक विश्वव्यापीकरणलाई सङ्कुचनतर्© लान्छ भन्ने मलाई लागेको छ ।
यसले विश्वव्यापीरुपमा रहेको आर्थिक, सामाजिक उत्पीडनलाई पुनः ऐना देखाउने काम गरेको छ। नेपाल जस्ता साना खालका धेरै अर्थतन्त्रमा पराधीनताको पराकाष्ठाको पाटोलाई उजागर गरिदियो । विश्व उत्पादनको अर्थतन्त्रमा दुई खाले ‘मुभमेन्ट’ थियो, एउटा विश्वपूँजीको ‘मुभमेन्ट’ र अर्को कामदारहरुको ‘मुभमेन्ट’ । अर्थात गरिबहरुको ‘मुभमेन्ट’ जसले गर्दा उत्पादन होस् र धनीहरुको मुभमेन्ट जसले गर्दा पूँजीको स्थायीकरण होस् । यी दुवैतिर ठेस लाग्ने अवस्था आइलाग्यो । अब केही वर्ष हामीले सोचेजस्तो सजिलै कामदारहरुको ‘मुभमेन्ट’ हुँदैन ।
शिक्षाको क्षेत्रमा पनि विश्वव्यापीकरण भएको थियो । नेपालबाट मात्रै झन्डै वर्षमा ७५००० जति विद्यार्थी विदेशिने गर्थे । यिनीहरुले झन्डै ५०÷६० अर्ब रुपैयाँ लिएर जान्थे । अब केही वर्ष यो रोकिन्छ । वर्षमा ७५००० जना शिक्षित मान्छेहरु नेपालमै बसे भने तिनीहरुले उत्पादनमा नयाँ अवसर पनि ल्याउँछन् र त्यहाँको समाज परिवर्तनमा ठूलो एउटा माहोल पनि सिर्जना हुन्छ । त्यसो हुनाले, यसले ल्याउने सामाजिक असरहरु विशाल छ ।
साना अर्थतन्त्र भएका देशहरु पराधीन भएकाले सबैभन्दा बढी प्रताडित थिए तर अब तिनले आनै खालको अर्थतन्त्र बनाउनुपर्छ भन्ने सोचमा पुग्छन् र विश्वमा साना अर्थतन्त्रहरुले, साना देशहरुले ©ेरि उठ्ने मौका पो पाए कि भन्ने अवस्थामा यस महामारीको अवस्थाले पु¥याइदियो । यसरी यो महामारी नयाँ अवसरहरु सिर्जना गर्ने माध्यमको रुपमा पनि देखा परेको छ । म यसलाई अहिलेको अवस्थामा दुःख र सम्भावित सुखको सम्मिश्रण ठान्छु ।
परिस्थिति सिर्जित अवसर तथा चुनौतीहरू
महामारीको बीचमा देश छ, देशको सबै अर्थतन्त्र डामाडोल छ । हामीले आनो एउटा टेस्ट गर्ने मेसिन पनि बनाउन नसक्ने ठाउँमा सबै किनेर सबै नेपालीको टेस्ट गराउनुपर्ने अवस्था भयो भने नै हाम्रो अर्थतन्त्र धेरै वर्षका लागि सकिन्छ ।
नेपालको सबैभन्दा दुःखको स्रोत नै वैदेशिक रोजगारी हो । यसले ल्याउन सक्ने पुस्तौ“सम्मको पराधीनता अन्त्य गर्ने अवसर यही हो । अब नेपालले वैदेशिक रोजगारीबाट मुक्ति पाउनुपर्छ र पाउने दिनको सुरुवात यही महामारी हो । विदेशमा रहेको नेपाली युवा जनशक्तिलाई नेपाल ©र्काउनुपर्छ र धेरैभन्दा धेरै उत्पादनमा लगाउनुपर्छ । कृषि तथा खाद्यान्नमा र आधारभूत औद्योगिक उत्पादनमा यी जनशक्तिलाई परिचालन गर्न सकियो भने साना उद्योगहरु चल्ने अवस्था आउँछ ।
उदारीकरणसँगै विकास पनि ‘एनजियोकरण’ भयो । ‘एनजियोकरण’ हुने अवस्था अब रहँदैन । ‘एनजियो’का स्रोतहरु सुक्छन् । पश्चिमा अर्थतन्त्र त डामाडोल छ । यसैगरी यो खालको परनिर्भरता कतै ‘एनजियो’वाला विकासले पो हो भन्ने खालको चेत नेपालमा सिर्जना भयो र पछिल्लो चरणले झनै त्यसलाई अगाडि बढाइदियो ।
वर्षमा ७५००० जना युवा शिक्षाका लागि विदेशिने अवस्था रहेकाले नेपालमा शैक्षिक पूर्वाधारहरुको निर्माण गरिनुपर्छ । नेपालमा शिक्षा र स्वास्थ्यलाई व्यापक रुपमा निजीकरण गरियो । विश्वव्यापी रुपमा हेर्नुस् जहाँजहाँ निजीकरण भए त्यहाँ महामारीलाई धान्न कसैले सकेन । अमेरिकाले सकेन । बेलायतले सकेन । सक्दो रहेनछ । निजीकरण भनेको अनौठो हुँदो रहेछ, जब महामारी आउँछ, निजी क्षेत्र भाग्दो रहेछ । गर्ने भनेको सरकारले नै हो । जुन जुन ठाउँमा सरकारी संयन्त्रहरु दह्रा थिए, ती ठाउँमा महामारीलाई राम्रोसँग धाने । चीनले ठिकै ठिकै धान्यो । युरोपका धेरै देशहरुले ठिकठिकै धाने । भारतमै पनि नराम्रो भएको छैन । त्यो हुनाले अलि दह्रो राज्य र राज्यबाट सञ्चालित संरचनाहरु नभएको ठाउँमा महामारीले समाज सकाउँछ । एउटा बिरामी हुनासाथ काठमाडौ“का निजी अस्पताल त ताला लागे । राज्यले लगानी नगरी त टेस्ट भएन नि । त्यो हुनाले यो खालको ‘दलालतन्त्र’ले चलाएको अर्थतन्त्रमा यो अवस्थाले बिट लाग्छ ।
यो महामारीले भू–राजनैतिक अवसर पनि ल्याएको छ । भूराजनैतिक अवसर भनेको यसले एसियाली देशहरुलाई अब उकास्छ । पूर्वीय र पश्चिमा देशहरुको जुन टकराव थियो त्यो बढ्दै जान्छ तर यसमा चीन, भारत जस्ता देशहरु नै माथि पर्छन् । किनकि उनीहरुको जनसँख्या, उनीहरुको उत्पादन क्षमता, उनीहरुको बजार, उनीहरुको पहुँच अलि बढेर जाने अवस्था छ । हामी एसियनले आनो उत्पादनको समृद्धिको योजना बनाउन सक्यौ“ र तिनीहरुको स्रोत र साधनमा पहुँच र प्रयोग गर्न सक्यौ“ भने हाम्रो अवसर सिर्जना हुन्छ । त्यो सकेनौ“ र उनीहरुकै गोटी बन्न थाल्यौ“ भने ©ेरि हामी चकनाचुर पनि हुन सक्छौ“ । हामी यो विश्व भूराजनैतिक टकरारको केन्द्रमा छौं । सो टकरारको यता पनि नलागी उता पनि नलागी आनो निर्दिष्ट दिशानिर्देश गर्न सक्यौ“ भने हाम्रो एउटा राष्ट्रिय स्वाभिमान प्राप्त गर्ने अवसर प्राप्त हुँदैछ । यदि त्यो सकेनौ भने चाहि“ हामी ©ेरि टुट©ुट हुँदैछौ“ । यो अध्ययनको विषय छ ।
नीतिगत आवश्यकता
कुन उत्पादन राष्ट्रिय स्तरमै गर्नुपर्छ र कुन उत्पादन बाहिरबाट ल्याउँदा पनि हुन्छ, कुनमा राज्यले लगानी गर्नुपर्छ र कुन चाहि“ व्यक्तिहरुलाई दिँदा पनि हुन्छ भन्ने देशले छुट्याउनु पर्दोरहेछ । नीतिगत तहमै आधारभूत पूर्वाधारहरुमा राज्यको नियन्त्रण हुने जसले गर्दा जनताको प्रत्यक्ष पहुँच हुने संरचनाहरु निर्माण गर्ने नीति र त्यसैअनुसारका कानूनहरु बनाउनुपर्छ । नीतिगत तवरमा र कानूनी रुपमै राष्ट्रिय उत्पादनलाई प्राथमिकता दिने र के–के चिजमा अन्यलाई दिने भनेर पुरानो मिश्रित अर्थ व्यवस्थाबाट हामीले सिक्न सक्छौं । प्रस्ट रुपमा वर्गीकरण गरेर तहगत उत्पादनको खाका बनाउनु पर्छ ।
शिक्षा, स्वास्थ्यको लगानीमा नीतिगत रूपमै प्रस्ट रुपमा विभिन्न सार्वजनिक तहका सरकारको र जनताका लगानीलाई नै प्राथमिकता दिईनुपर्छ । प्रदेश तथा स्थानीय तहका निकायलाई कानून बनाउन सहजीकरण गरिदिनुपर्छ । महामारीमा बेलामा आवश्यक पर्ने संयन्त्रहरु अहिलेदेखि नै बनाइनुपर्दछ । समुदाय स्तरमै विपद् व्यवस्थापन संयन्त्रहरु जस्तै महामारी नियन्त्रयण संयन्त्रहरु बन्नुपर्ने देखिन्छ किनकि यो महामारी पहिलो वा अन्तिम होइन ।
स्वदेश फिर्ता तथा पुनर्एकीकरण
हामीले ३० लाख मानिसहरुलाई परिचालन गर्न सकेनौ“ भने एउटा राष्ट्रिय समस्या सिर्जना हुन्छ । मान्छेहरुमा निराशा बढ्न थाल्छ । घरघरमा झगडा हुन थाल्छ, समुदायमा झगडा हुन थाल्छ । जति मान्छे ©र्किंदै छन्, तिनीहरुले केही न केही स्रोत पनि लिएर आएका छन् । उनीहरुसँग केही न केही सीप पनि छ । उनीहरुले केही आत्मविश्वास र देशप्रतिको माया पनि लिएर आएका छन् । यी कुरालाई परिचालन गर्नुपर्छ ।
हरेक पालिकामा यसलाई परिचालन कसरी गर्ने सम्बन्धी अध्ययन हुनुपर्छ । पालिकामा दुई खालका उद्योगको अध्ययन होस् भन्ने मेरो प्रस्ताव छ । एउटा कृषिमा आधारित उद्योग र अर्को अन्य औद्योगिक उत्पादनमा आधारित उद्योग । हरेक पालिकाले कम्तीमा ५० वटा उद्योग यही वर्ष थाल्नुपर्छ । हामीसँग पैसा नभएको होइन । हामीसँग उद्यमशीलता नभएको मात्र हो । हरेक पालिकामा तत्काल सुरु गर्न सकिने अल्पकालीन र दीर्घ कालिन उद्योगहरु के–के छन् भनेर अध्ययन हुनुपर्छ । त्यसमा चारवटा कुराहरु हेरिनुपर्छस पहिलोः त्यसमा लगानी गर्ने सम्भावनाहरु कति छन्, दोस्रोः उद्यमकर्ता को हो, तेस्रोः विदेशबाट ©र्किएका व्यक्तिलाई तालिम दिएर एउटा टिम परिचालन गरिनुपर्दछ र चौथोः दीर्घकालीन रुपमा हरेक पालिकामा एक एक ओटा प्राविधिक शिक्षालय बन्नुपर्दछ ।
प्राविधिक शिक्षालयका दुईटा कुरा हुन्छन् । एउटा, गाउँमै भएका अथवा बाहिरबाट आएकालाई छोटो खालको तालिमहरु दिने जसले गर्दा आपूmसँग भएको चाहना इच्छालाई उद्यमशीलतामा परिणत गर्ने सीपहरु प्रदान होस् । चीनले यसैगरी ‘रुरल डेभेलप्मेन्ट’ भनेर लाखौ“ मानिसलाई उद्यमी बनायो । यसबाट हामीले सिक्नुपर्ने देखिन्छ । दोस्रो, भर्खरै एस.एल.सी. दिएका मान्छेहरु जो गाउँस्तरको प्राविधिक बन्न चाहन्छन्, उनीहरुलाई अलि लामो ढङ्गको तालिम दिने स्कुल बनोस् । उनीहरुले उच्च माध्यमिक तह गाउँमै पढुन् तर प्राविधिक शिक्षाको माध्यमबाट गरुन् । यी काम तत्कालै हुन सक्यो भने लाखौ“लाई तत्कालै परिचालन गर्न सकिन्छ ।
नेपाल सरकारलाई आग्रह
म नेपाल सरकारलाई के आग्रह गर्न चाहन्छु भने सरकारले महामारीले ल्याएका अवसर के हुन् र यो महामारी पछाडी देशलाई आत्मनिर्भर बनाउन के के गर्नुपर्छ भन्ने विषयमा अध्ययन गर्न वृहत्तर खालको टोली गठन गरोस् । हरेक जिल्ला तथा पालिकालाई काम लाग्ने किसिमको अध्ययन गरोस् । दोस्रो, महामारी व्यवस्थापनमा स्थानीय सरकारहरु सबैभन्दा प्रभावकारी देखिए तसर्थ उनीहरुलाई आवश्यक स्रोत–साधनको व्यवस्थापन गरोस् । नागरिक समाज पनि अलि जिम्मेवार बनोस् भन्ने मेरो आग्रह छ ।